• गृहपृष्ठ
  • खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ

Oct 17th, 2019

गुल्मी, ३० असोज 

धुर्कोट गाउँपालिका-२ पिपलधारा बस्ने २० वर्षीय निरन्जन महतलाई  खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा धुर्कोट गाउँपालिका-३ हाड्हाडे बस्ने ३४ वर्षीय गोकर्ण खत्री र उनकै भाइ पदम खत्री रहेका छन् । धुर्कोट गाउँपालिका-३ हाड्हाडेमा भलिबल खेल हेरी फर्कने क्रममा चोरी गरेको विषयमा उनीहरुले महतलाई खुकुरी प्रहार गरेका बताइएको  छ । घाइते महतको मेडिकल कलेज  भैरहवामा उपचार भइरहेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।