• गृहपृष्ठ
  • राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट

Oct 17th, 2019

विशेष प्रतिनिधि श्याम रिमाल
 म्यान्मा, २९ असोज(रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गर्नुभएको छ ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली,  परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव  डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र  राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत हुनुहुन्थ्यो ।  राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा हुनुहुन्छ  ।