• गृहपृष्ठ
  • सिभिल बैंकको शाखा अब मोरङको पुष्पलाल चोकमा

सिभिल बैंकको शाखा अब मोरङको पुष्पलाल चोकमा

Oct 17th, 2019

काठमाडौं, ३० असोज 
“समृद्धिको लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङको जिल्लाको विराटनगर–०१, पुष्पलाल चोकमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुखभिम पराजुलीले गरेका हुन् । 

उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकी, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई सिभिल बैंकको यस शाखाले थप टेवा पु¥याउने कुरा बताए । सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु २५,००० को चेक पनि हस्तान्तरण गरेका थिए । बचतकर्ताहरुले समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने ए न्यूटी डिपोजिट निक्षेप योजना नेपाल मै पहिलो पटक ल्याएको सिभिल बैंकको शाखा संख्या १०० र एटियम संख्या ६५ पुगेको छ ।