• गृहपृष्ठ
  • आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी पक्राउ

Oct 17th, 2019

कैलाली, ३० असोज 

आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी गौरीगंगा नगरपालिका-३ बस्ने ५० वर्षीया अनिता देवी बिष्ट र २५ वर्षीया निरुता बिष्टलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

आत्महत्या दुरुत्साहन मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात पश्चात फरार रहेका उनीहरुको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले उनीहरूलाई फेला पारी पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।