• गृहपृष्ठ
  • लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार

लिबियामा ८२ जना गैरकानूनी आप्रवासीको उद्धार

Oct 17th, 2019

त्रिपोली, ३० असोज (रासस /सिन्हवा)

लिबियाली नौसेनाले बुधबार देशको पश्चिमी तटीय क्षेत्रमा अफ्रिकी र एशियाका ८२ भन्दा बढी गैरकानूनी आप्रवासीलाई उद्धार गरेको छ ।  

 आप्रावासीहरु सङ्कटमा परेको भन्ने एउटा  टेलिफोन कल प्राप्त भएपछि तटस्थ सुरक्षाकर्मीहरूले ११ महिला र आठ बच्चाहरू सहित ८२  अवैध आप्रवासीलाई उद्धार गरेको नौसेनाका प्रवक्ता अयोब काससेमले बताउनु भएको छ ।  

त्रिपोलीबाट ४५ किलोमिटर पश्चिममा रहेका तटीय शहर जबियाबाट ६५ किलोमिटर टाढा रहेको स्थानामा सो उद्वारकार्य भएको बताइएको छ । 

त्रिपोलीभन्दा १२० किलोमिटर पूर्वमा रहेको खोम्सको तटमा अघिल्लो दिनमा लिबियाको नौसेनाले ९० जना अवैध आप्रवासीलाई उद्धार गरेका थिए । 

सन् २०११ बाट लिबिया असुरक्षा र अराजकताको घेरामा परेको छ । लिबियाली वरिष्ठ नेता मुअम्मर गद्दाफीलाई २०११ मा हटाइएपछि हजारौं अवैध आप्रवासीहरु जसमा अधिकांशत अफ्रिकीहरुले लिबियाबाट भूमध्यसागर पार गर्ने निर्णय गरेका थिए । 

सुरक्षा बिग्रिएको सुरक्षा अवस्थाका कारण लिबिया शरणार्थीहरूको शरणस्थानको लागि सुरक्षित स्थान नभएको शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तले बारम्बार बताउदै आउनु भएको छ ।