• गृहपृष्ठ
  • बैंक अफ काठमाडाैंकाे २५ औं वार्षिक साधारण सभा सम्पन्न

बैंक अफ काठमाडाैंकाे २५ औं वार्षिक साधारण सभा सम्पन्न

Oct 17th, 2019

काठमाडौं, ३० असोज 
बैंक अफ काठमाडाैंकाे २५ औं वार्षिक साधारण आज बिहिबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले समितिको प्रतिवेदन पारित गरेको हो । 

बैंकको खुद मुनाफा गत वर्षको तुलनामा करिव ४३.६१ प्रतिशतले वृद्घिभई १ अर्ब ८९ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । साधारण सभाले २०७५/७६ सम्मको सञ्चित मुनाफाबाट २०७६ असार सम्ममा कायम गरेको सेयर पूँजीको ६ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बैंकका अनुसार सोही अवसरमा बैंकले आफ्ना लगानिकर्ता तथा ग्राहकहरुको लागि बि.ओ.के. लगानिकर्ता बचत खाता र्सावजानिक गरिएको छ । 

आवब. २०७५/७६ मा बैंकको कुल निक्षेप ८३ अर्व ३२ करोड तथा कुल कर्जा ७६ अर्व ३६ करोड रहेको छ । साथै बैंकले हाल ८७ शाखा, ७८ ए.टि.एम तथा ९ वटा एक्सटेन्सन काउण्टर सन्जालमार्फत आफ्ना ग्राहकहरुलाई सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु प्रदान गरिरहेको बैंकले जनाएको छ ।