• गृहपृष्ठ
  • १९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

१९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

Oct 17th, 2019

काठमाडौं, ३० असोज 

१९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका-६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तारकेश्वर नगरपालिका-८ शान्तिटोल स्थित सडकमाजितपुर फेदी जाँदै गरेको बा.४ ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौनदुर्व्यवहार गरेको भन्ने खबर प्राप्तहुनासाथ प्रहरी चौकी जितपुरफेदीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।