नाबालकको हत्या गरेको अभियोगमा पक्राउ

Oct 17th, 2019

कपिलवस्तु, ३० असोज 

शिवराज नगरपालिका-६ सुगा नगर बस्ने राजबहादुर यादवको छोरा ३२ दिन उमेरको आशिष यादवको हत्या गरेको अभियोगमा दाजु नाता पर्ने सोही ठाउँ बस्ने ३५ वर्षीय राम सुरत यादवलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

आशिष यादवलाई आफ्नै फुपुले खेलाई रहेको अवस्थामा फुपुको हातबाटखोसी राम सुरतले ती नाबालकलाई जमिनमा पछार्दा गम्भीर घाइते भएपछि उपचारको लागि प्रादेशिक अस्पताल बुटवललगेकोमा उपचारको क्रममा ती बालकको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।