• गृहपृष्ठ
  • धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

Oct 17th, 2019

मकवानपुर, ३० असोज 

बकैया गाउँपालिका-३ जलजलेबस्ने ५० वर्षीया सन्तमाया लोलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५० वर्षीय सुक बाहादुर पाख्रिनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पाख्रिनले सन्तमाया लो समेत ३ जनालाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथईलाका प्रहरी कार्यालय फापरबारी र प्रहरी चौकी हात्तीसुडेबाट खटिएको प्रहरीले घाइतेहरुलाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाएकोमा सन्तमायाको उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।