• गृहपृष्ठ
  • भिवोर क्यापिटल बन्याे मुक्तिनाथ क्यापिटल

भिवोर क्यापिटल बन्याे मुक्तिनाथ क्यापिटल

Oct 17th, 2019

काठमाडौं, ३० असोज
भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल भएको छ । मुक्तिनाथ विकास बैंकले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१% शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । मुक्तिनाथ विकास बैंकले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवद्र्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजी बजार ( मर्चेण्ट बैंकिङ्ग ) प्रवद्र्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको र समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजी बजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने लक्ष्य लिएको बैंकले जनाएको छ । 

हाल बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।