• गृहपृष्ठ
  • गएराति चितवनमा दुर्घटना: एकको मृत्यु, दुई घाइते

गएराति चितवनमा दुर्घटना: एकको मृत्यु, दुई घाइते

Oct 17th, 2019

भरतपुर, ३० असोज (रासस)

चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।