• गृहपृष्ठ
  • विद्यालयमा भएको आगलागीमा परी २८ को मृत्यु

विद्यालयमा भएको आगलागीमा परी २८ को मृत्यु

Oct 16th, 2019

मोनरोबिया, २  असोज (रासस/सिन्ह्वा)
लाइबेरियाको राजधानी मोनरोबिया नजिकै भएको आगलागीमा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।

विद्यालयमा भएको सो घटनामा परी मृत्यु भएका मध्ये २६ जना बालबालिका रहेको अधिकारीहरूले बुधबार जनाएका छन् ।

आपत्कालीन सेवाका कर्मचारीहरूले दिएको जानकारीअनुसार मङ्गलबार राति घटना भएको हो । 

आगलागी भएको ठाउँमा ३० विद्यार्थी रहेका थिए । उनीहरू निदाएको बेला आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

लाइबेरियाका राष्ट्रपति जर्ज वेहले बुधबार सामाजिक सञ्जाल ट्वीटर मार्फत घटनाको पुष्टि गर्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।  

“यो घटनाले पीडितका परिवारसँगै सबै देशवासीलाई दुःखी बनाएको छ, उनीहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ,” उहाँले लेख्नुभएको छ ।