• गृहपृष्ठ
  • रुसले गरेको गोलाबारीमा परी सिरियामा छ सर्वसाधारण मारिए

रुसले गरेको गोलाबारीमा परी सिरियामा छ सर्वसाधारण मारिए

Oct 16th, 2019

बेरुत, २८ भदौ

पश्चिमी सिरियाको इद्लिब प्रान्तमा सरकारी पक्ष र रुसले गरेको गोलाबारीमा परी कम्तीमा छ सर्वसाधारणको मृत्यु भएको छ । 

सिरियाको युद्धलाई निरीक्षण गरिरहेका मानवअधिकारवादी समूहले शनिबार दिएको जानकारीअनुसार जिहादीको बलियो प्रभाव रहेको क्षेत्रमा मस्कोले युद्धविराम घोषणा गरेको दुई हप्तापछि पुनः यो आक्रमण भएको हो ।  

गत मङ्गलवार, रुसले युद्धविराम शुरु भएदेखि यस क्षेत्रमा पहिलो हवाई आक्रमण गरेको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

गत शुक्रवार, दक्षिणी इदलीब प्रान्तको मआरेट अल नुम्यान र काफ्रानबेल शहरमा शुक्रवार भएको रकेट प्रहार र गोलाबारीले एक बालकसहित पाँच सर्वसाधारणको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

करीब १० लाख जनसङ्ख्या भएको यस क्षेत्रमा धेरैजसो क्षेत्र युद्धबाट विचलित भएका छन् ।
 
सन् २०११ को मार्चदेखि सिरियामा शुरु भएको जनअन्दोलन अहिले गृहयद्धको रुपमा चलिरहेको छ । आन्दोलनको केहीदिनपछि नै शुरु भएको गृहयद्धका कारण अहिलेसम्म तीन लाख ७० हजारभन्दा बढी मारिएको तथ्यांक छ । 

गृह युद्धमा अहिले आतङ्कवादी समूह मानिने अलकायदा र इस्लामिक स्टेट ९आइएस०का लडाकू हावी भएको बताइएको छ । 

यस युद्धका कारण अहिलेसम्म सिरियाका लाखौँ जनता घाइते भएका छन् भने अरु लाखौँ मानिस आफ्नै देश वा छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । (रासस/एएफपी)