• गृहपृष्ठ
  • अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते

अमेरिकामा गोलीकाण्ड, तीनको मृत्यु दुई घाइते

Oct 16th, 2019

आल्बुक्वार्कु, २७ भदौ 
अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ । 

प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ ।

घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । (रासस/एपी)