• गृहपृष्ठ
  • कोइला बोकेको पानीजहाज डुब्दा कम्तीमा १२ जना वेपत्ता

कोइला बोकेको पानीजहाज डुब्दा कम्तीमा १२ जना वेपत्ता

Oct 16th, 2019

ढाका, बङ्गलादेश, २७ भदौ 
 बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा कोइला लिएर हिडेको एक मालबाहक पानी जहाज बिहीबार दुर्घटना हुँदा कम्तीमा १२ जना वेपत्ता भएका त्यहाँका अधिकारीहरूले जानकारी गराएका छन् ।

जहाज एक हजार १०० मेट्रिक टन कोइला लिएर चट्टोग्राम बन्दरगाहतर्फ गइरहेको समय चट्टोग्रामबाट ३५ किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको बताइएको छ । उक्तस्थान राजधानी ढाकाबाट २४२ किलोमिटरको दूरीमा पर्छ । 

जल यातायात विभागका कार्यकारी निर्देशक महबुब रशिदले भन्नुभयो, “समुद्रमा एक्कासी खराबका कारण इन्जिनले जहाजलाई गन्तब्यतर्फ लाने क्रममा समस्या उत्पन्न भएको र जहाज नियन्त्रणबाहिर गई करीब १० बजे दुर्घटनाग्रस्त भएको जानकारी प्राप्त भएको छ । थप जानकारी अनुसन्धानपछि आउनेछ ।”

प्रतिकुल मौसमका कारण जहाजमा चिरा परेपछि बिस्तारै डुबेको जहाजमा रहेका व्यक्तिहरू सबै चालक दलका सदस्य मात्र रहेको रशिदले बताउनुभयो । 

वेपत्ताहरूको खोजी जारी रहेको बताइएको छ । (रासस/सिन्ह्वा)