• गृहपृष्ठ
  • टुँडिखेलमा फूलपाती बढाइँ समारोह (हेर्नुस् तस्वीरहरु)

टुँडिखेलमा फूलपाती बढाइँ समारोह (हेर्नुस् तस्वीरहरु)

Oct 16th, 2019

काठमाडौँ, १८ असोज (रासस)

नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुभयो ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति  पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो । फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ । बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गरेको थियो । सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।