सानिमा बैंकको १५ औं साधारण सभा सम्पन्न

Oct 16th, 2019

काठमाडौं २९ असोज 
सानिमा बैंक लिमिटेडले आश्विन २९ गते बुधबारका दिन १५ औं वार्षिक साधारण सभा सफलता पूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १० प्रतिशत वोनस शेयर र ११.०५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । 

आर्थिक वर्ष २०७५/७६ मा २.२६ अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १०९.०६ अर्ब रुपैयाँ, कुल निक्षेप ९२.२८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी ८३.४४ अर्ब रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४/७५को तुलनामा खुद मुनाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ३३.०२, १६.५४, २०.५०, र १८.७८ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ ।