• गृहपृष्ठ
  • करिब १३ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटाका बरामद

करिब १३ हजार रुपैयाँ मूल्य बराबरका विभिन्न पटाका बरामद

Oct 16th, 2019

मोरङ, असोज २९
सुनवर्सी नगरपालिका ८ मिलन चौकबाट करिब १३ हजार रुपैयाँ मूल्य बराबरका किङकोब्रा नामक पटाका २ सय  प्याकेट, अल्फना फायर झिरझिरे १ सय २० प्याकेट, सानो फुल झरी १२ प्याकेट,  रकेटबम १५ प्याकेट, कलर सेलिब्रेशन २ प्याकेट, फुलचक्र ८ प्याकेट र ग्यानोनबम २० प्याकेट मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अपरिचित व्यक्तिहरुले उक्त पटाका छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको हो । फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।