• गृहपृष्ठ
  • १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Oct 16th, 2019

पर्वत, असोज २९
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोदी गाउँपालिका-५ घर  भएका प्रकाश विकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । 
विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
प्रकाशलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको उक्त कार्यालय जनाएको छ ।