• गृहपृष्ठ
  • नौ जना युवा नेपाली वैज्ञानिकले रुसमा प्रस्तुती दिँदै

नौ जना युवा नेपाली वैज्ञानिकले रुसमा प्रस्तुती दिँदै

Oct 16th, 2019

काठमाडौं, २९ असोज 
नौ जना नेपाली युवा वैज्ञानिकहरुले रुस पुगेर विभिन्न विषयमा प्रस्तुती दिँदै छन् । सोमबारदेखि रुसमा सुरु भएको आठौं एसिया प्यासिफिक योङ्ग साइन्टिस्ट कन्फ्रेन्समा विभिन्न कलेजमा अध्ययनरत नौ जना युवाहरु सहभागी रहेकाछन । नेपाल पोलिमर इन्स्टिच्युटको पहलमा गत शनिबार सम्मेलनमा भाग लिन टोली रुस प्रस्थान गरेको थियो । 

सम्मेलनमा साउथ वेष्टर्न स्टेट कलेजका स्वराज सागर प्रधान, ओमेगा कलेजका विवेक ढुङ्गाना, नाइटिङ्गेल स्कूलका अभिनभ गौलीले प्रस्तुती दिँदैछन् । त्यसै गरी आस्था स्कूलका अर्जुन सारु र दीक्षा सञ्जेल, काठमाण्डौं मोडेल कलेजका ऋषिकुमार गुप्ता, सेण्ट जेभियर्स कलेजकी आस्था शाह र कृतिश पोखरेलले पनि सम्मेलनमा प्रस्तुती दिने बताइएको छ । युनिग्लोब कलेजका बीरेन्द्र बुढा लगायतले विभिन्न विषय तथा क्षेत्रमा आफुले गरेका आविष्कार तथा खोजका विषयमा प्रस्तुती दिने छन् । 

साउथ वेष्टर्न स्टेट कलेजका प्रधानले युज अफ माइक्रो स्याटलाइट फर ग्लोबल कनेक्टीभिटी, हाइस्पीड ट्रान्समिशन एण्ड डाटा एनालाइसिसमा प्रस्तुती दिँदै छन् । ओमेगा कलेजका ढुङ्गानाले ट्राफिक मिटिगेशन इनम्याथमेटिकल वेमा प्रस्तुती दिनेछन् भने नाइटिङ्गेल स्कूलका गौलीले हाइड्रो एग्रीकल्चर प्रोटोटाइपः मल्टिपल युज अफ वाटर रिसोर्सेज इन नेपाल विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् । टोलीका अरु सहभागिहरुले पनि विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् । अक्टोबर १४ तारिखमा सुरु भएको सम्मेलन २० तारिख सम्म चल्नेछ ।