• गृहपृष्ठ
  • नेकपा : उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

नेकपा : उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न निर्देशन

Oct 16th, 2019

काठमाडौँ, २९ असोज (रासस)

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न बैठकले आउँदो कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देश गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उपनिर्वाचनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको हकमा केन्द्रले र स्थानीय तहको हकमा मातहतको कमिटीले निर्णय गर्नेछ ।
 
बैठकले केन्द्रीय सङ्गठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यमा चयन गरेको छ । सो विभागमा यसअघि नेता वामदेव गौतम प्रमुख र जनार्दन शर्मा उपप्रमुखमा चयन भइसक्नुभएको छ ।