• गृहपृष्ठ
  • स्वीडेनसँग बराबरी गर्दै युरो कप २०२० का लागि छानियो स्पेन

स्वीडेनसँग बराबरी गर्दै युरो कप २०२० का लागि छानियो स्पेन

Oct 16th, 2019

काठमाडौँ, २९ असोज

स्पेन युरो कप २०२० को लागि छनोट भएको छ । मंगलबार राति भएको खेलमा घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको हो। स्पेनलाई युरोकपमा छनोट गराउन रोड्रिगोले गोल गरेका थिए । यता, स्विडेनका लागि भने मार्कुस बेर्गले गोल  गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा भएको खेलमा स्वीडेनले ५० औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो र सो गोल मार्कस बर्गले गरेका थिए। स्वीडेनको सो अग्रतालाई स्पेनले अतिरिक्त समयको दोश्रो मिनेटमा गोल गर्दै बराबरी गर्‍यो। रोड्रिगोको गोलमा स्पेनले बराबरी गर्न सफल भएको हो। स्पेन आठ खेलबाट ६ खेलमा जित र दुई खेलमा बराबरी खेलेको दुई खेलअघि नै युरो कपमा छानिएको हो ।