• गृहपृष्ठ
  • हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ

हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा पक्राउ

Oct 15th, 2019

मोरङ, २८ असोज

हुण्डी कारोवारमा संलग्न रहेको अभियोगमा सुनसरी बर्जु गाउँपालिका ३ बस्ने २४ वर्षीय उमाकान्त रायलाई विराटनगर महानगरपालिका-४ कन्चनबारी चोकबाट सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले रायलाई विभिन्न दरका नगद १० लाख रुपैयाँ तथा प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान सहित पक्राउ गरेको हो । 

रायलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।