• गृहपृष्ठ
  • ललितपुरको कोटडाँडामा विपश्या ध्यान केन्द्र (धम्मागार) संचालनमा, एकै पटक २ सय जनाले ध्यान गर्न सक्ने

ललितपुरको कोटडाँडामा विपश्या ध्यान केन्द्र (धम्मागार) संचालनमा, एकै पटक २ सय जनाले ध्यान गर्न सक्ने

Oct 15th, 2019

ललितपुर, २८ असोज
ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ स्थित कोटडाँडामा विपश्या ध्यान केन्द्र(धम्मागार) संचालनमा आएको छ । सो ध्यान केन्द्र (धम्मागार) स्थापना गर्नका लागि ललितपुर बालकुमारी निवासी एकै परिवारका बाबुराजा महर्जन, हरिमाया महर्जन र ईश्वर महर्जनले २१ रोपनी जग्गा दान गर्नु भएको हो । सो ध्यान केन्द्र (धम्मागार)को सिलान्यास केन्द्रीय आचार्य आनन्दराज शाक्यबाट २०७५ साल मंसिर १ मा भएको हो । हाल सो ध्यान केन्द्र (धम्मागार)मा प्रत्येक महिनाको दोस्रो शनिबार ध्यान शिविर हुने र अन्य बेला ११ दिने ध्यान गर्ने सुविधा समेत रहेको सो ध्यान केन्द्र (धम्मागार)का अध्यक्ष तेजमणी बज्राचार्यले बताए । सो ध्यान केन्द्र (धम्मागार) निर्माणमा आर्थिक सहयोग पुराना साधकहरुबाट भएको संस्थाका सचिव बाबुराजा बज्राचार्यले बताए । ध्यान केन्द्र(धम्मागार)को हालमा २ सय जनाले एकै पटक ध्यान गर्न सक्ने सुविधा भएको संस्थाकी उपाध्यक्ष इन्द्रकुमारीले जानकारी दिइन् ।