• गृहपृष्ठ
  • एक हजार दरका ३१ करोड थान नयाँ नोट छापिने

एक हजार दरका ३१ करोड थान नयाँ नोट छापिने

Oct 15th, 2019

काठमाडौं, २८ असोज 
एक हजार दरका ३१ करोड थान नेपाली नयाँ नोट छापिने भएको छ । नेपाल राष्ट्र बैंकले नेपाली रुपैयाँ एक हजार दरका ३१ करोड थान नयाँ नोट छाप्न चाईना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेईजिङसंग सम्झौता गरेको छ । 

राष्ट्र बैंकका अनुसार २०७६ असार १२ गते राईजिङ नेपालमा नोट छपाईको लागि बोलपत्र आव्हानको सुचना प्रकाशित गरिएको थियो । उक्त प्रस्तावमा चाईनाको बैंक नोट प्रिन्टिङ कम्पनीले न्युनतम मुल्यमा उच्च गुुणस्तरको नोट छपाई गर्ने बोलपत्र पेस गरेको थियो ।  सोही आधारमा असोज १२ गते अर्थात २०१९ सेप्टेम्वर २९ तारिखका दिन अमेरिकी डलर ९१ लाख ९० हजारमा नयाँ नोट छपाईको लागि उक्त कम्पनी संग सम्झौता गरेको हो ।