• गृहपृष्ठ
  • लेख्नुहोस् कोका-कोलाको बोटलमा आफ्नो आमाका लागि पर्शनलाइज्ड म्यासेज

लेख्नुहोस् कोका-कोलाको बोटलमा आफ्नो आमाका लागि पर्शनलाइज्ड म्यासेज

Oct 15th, 2019

काठमाडौं, २८ असोज 
कोका–कोलाले आफ्नो “मन खोलौं कोक सँग” दशैं तिहार अभियानलाई निरन्तरता दिदैं ग्राउण्ड एक्टिभेसन शुरु गरेको छ । आमा भनेको हरेक चाडपर्वको महत्वपूर्ण अगं हो त्यसैले यो वर्ष कोका–कोलाको दशैं अभियानको थिम पनि “माई मम मेक्स माई दशैं स्पेशल” रहेको छ । ग्राउण्ड एटिभेसनमा उपभोक्ताहरुले ५०० एमएलको कोक बोटलको लेबलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्नो आमालाई दिन सक्ने कम्पनीले जनाएको छ ।यो एटिभेसन १६ अक्टुबरबाट शुरु भएर सेल्सबेरी, भाटभटिनी सुपरमार्केट, सेल्सवे र बिगमार्टको विभिन्न स्थानहरुमा ३ नोभेम्बरसम्म जारी रहनेछ । 

सीतापाइलास्थीत सेल्सबेरीमा अक्टुबर १६ तारिखमा एक्टिभेसन हुनेछ भने दोस्रो दिन अर्थात अक्टुबर १७ तारिखमा नक्साल भाटभटेनी, पाटन भाटभटेनी, भक्तपुर भाटभटेनी, कलंकी भाटभटेनी लगायतका स्थानमा क्रमश एक्टिभेसन जारी रहनेछ । प्रसिद्ध नेपाली अभिनेत्रीहरु पनि एक्टिभेसनमा सहभागी जनाउदै विभिन्न स्थानमा भ्रमण गर्नेछन् । उपभोक्ताहरुले अभिनेत्रीहरुसँग कुराकानी गर्न तथा फोटो खिच्न सक्नेछन् । उपभोक्ताहरुले यो स्मरणीय पललाई सामाजिक सञ्जालमा #AamaBinaKRamailo ह्याट्याग प्रयोग गरेर शेयर गर्न पनि सक्ने कम्पनीले जनाएको छ ।

यो सम्बन्धी सम्पूर्ण अप्डेट र जानकारीका लागि कृपया कोका–कोला नेपालको फेसबुक र इस्टाग्राम पेज @CocaColaNepal फलो गर्न कम्पनीले जनाकारी दिएको छ ।