• गृहपृष्ठ
  • रासायनिक कारखाना विस्फोट हुँदा चारको मृत्यु

रासायनिक कारखाना विस्फोट हुँदा चारको मृत्यु

Oct 15th, 2019

नानिङ, चीन २८ असोज (रासस/सिन्हवा)

दक्षिण चीनको गुआङ्गसी झुआङ्ग क्षेत्रका मङ्गलबार रासायनिक कारखाना विस्फोटमा परी चार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

 क्षेत्रीय आपतकालिन व्यवस्थापन विभागका अनुसार युलिन शहरको लुचुआन काउन्टीमा रहेको रासायनिक कारखानामा स्थानीय समयअनुसार मङ्गलबार बिहान ११ बजे विस्फोट भएको थियो ।

यस विस्फोटमा परी दुई जना गम्भीर घाइते र  अर्का एक  सामान्य घाइते भएका जनाइएको छ ।