• गृहपृष्ठ
  • १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

Oct 15th, 2019

काठमाडौं, असोज २८
ललितपुरको ललितपुर महानगरपालिका १७ मंगलबजार डेरा गरी बस्ने १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुली दुधौली नगरपालिका ६ घर भएका २१ वर्षीय सुन्दर कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई आफ्नो कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका ८ बस्ने २७ वर्षीय सत्य सदालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई बिवाह गर्छु भनी ललाई फकाई प्रलोभनमा पारी गत २५ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको  छ ।