• गृहपृष्ठ
  • अजोड इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

अजोड इन्स्योरेन्सको सेयर बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

Oct 15th, 2019

काठमाडौं, २८ असोज
अजोड इन्स्योरेन्स लिमिटेडले ३०,००,००० कित्ता शेयर प्रति शेयर १ सय रुपैयाँ अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

अजोडको अधिकृत पूँजी १ अर्ब रुपैयाँ, जारी पूँजी १ अर्ब रुपैयाँ र चुक्ता पूँजी.७० करोड रुपैयाँ रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब हुने संस्थाले जनाउको छ । अजोड इन्स्योरेन्स लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४/१२/२० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो । २०७४/१०/२४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको र यस कम्पनीले २०७४/०३/२१ गतेदेखि बीमा सम्बन्धी कारोवारको शुभारम्भ गरेको हो । कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.११ स्थित सि.टि.सि. मल सातौं तल्ला सुन्धारा, काठमाडौंमा रहेको छ ।

कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु लगायत सातै (७) प्रदेश स्थित प्रदेश नं. १ मा बिर्तामोड, इटहरी र बिराटनगर प्रदेश नं. २ मा लाहान, जनकपुर, चन्द्रपुर र बिरगंज प्रदेश नं. ३ मा हेटौडा, नारायणगढ र बनेपा काठमाण्डौ उपत्यका भित्र जोरपाटी, नयाँ बानेश्वर, बालाजु, कलंकी, किर्तिपुर, बुढानिलकण्ठ, पाटन र भक्तपुर, गण्डकी प्रदेशमा पोखरा, दमौली, कुश्मा प्रदेश नं. ५ मा बुटवल, भैरहवा, दाङ्ग, गुल्मी र नेपालगंज र पूर्बी रुकुम कर्णाली प्रदेशमा सुर्खेत, सुदुर पश्चिम प्रदेशमा धनगढी, गरि जम्मा २९ वटा प्रादेशिक, शाखा, उपशाखा कार्यालय र १९ वटा तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरि रहेकोछ । आ.व.२०७६/०७७ मा थप ९ उपशाखा कार्यालयहरु दमक, सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुङटार, बुर्तिबाङ पश्चिम रुकुम र टिकापुरमा उपशाखा कार्यालयहरु संचालनको तयारीमा रहेको संस्थाले जनाएको छ ।