• गृहपृष्ठ
  • चरेश मुुद्धाका फरार प्रतिवादीहरु पक्राउ

चरेश मुुद्धाका फरार प्रतिवादीहरु पक्राउ

Oct 15th, 2019

काठमाडौ, असोज २८
लागुु औषध चरेश मुुद्धाका फरार प्रतिबादिहरु पक्राउ परेकाछन । पर्सा जिल्ला अदालतको मिति २०७५ बैशाख २४ गतेको फैसलाले ला.औ.गाँजारचरेश मुद्दामा ९ महिना २३ दिन कैद र रु.५,०००।– जरिवाना भई फरार रहेका जिल्ला पर्सा पकाहा मैनपुर गा.पा. वडा नं.१ धोरे (साविक ऐ.धोरे गा.वि.स. वडा नं.८) बस्ने अं.बर्ष ४८ को मदन प्रसाद चौहान र २ बर्ष १९ दिन कैद र रु. ७,०००।– जरिवाना फैसला भई फरार रहेका ऐ.ऐ. बस्ने अं.बर्ष ५५ को मेघराज साहलाई यही असोज २७ गते आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा यस कार्यालय तथा प्र.चौ. धोरे, पर्साबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । 

पक्राउ परेका साहलाई आवश्यक कारवाहीको लागि यस कार्यालयमा ल्याईएकोमा सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिने पर्सा प्रहरीले जानकारी दिएको छ । 

यसैगरी पर्सा जिल्ला अदालतको बिसं २०७२ जेठ पाँच गतेको फैसलाले ज.ज.क.उ.मुद्दामा रु.१,०००।– जरिवाना भई फरार रहेका जिल्ला पर्सा  बिरगंज महानगरपालिका २ छप्कैया बस्ने अ.बर्ष ५१ को मक्सुद मिया तेलीलाई यही असोज २६ गते आफ्नै गाँउ घरमा लुकिछिपी बस्दै गरेको अवस्थामा यस कार्यालय तथा व.प्र.का. विर्ता, पर्साबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तेलीलाई सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।