एनआईबिएल म्युचअल फण्डको कारोबार सुरु

Oct 15th, 2019

काठमाडौं, २८ असोज 
एनआईबिएल म्युचअल फण्डको कारोबार सुरु भएको छ । एनआईबिएल म्युचुअल फण्ड अर्न्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड, नामक खुल्लामुखी योजनाका इकाईहरु बाँडफाँड भएको तीन महिनापश्चात खरिद बिक्री सुरु हुने व्यवस्था अनुसार सोमबारबाट फण्डको कारोबार सुरु भएको कम्पनीले जनाएको छ ।

योजनाका इकाईहरु एनआईबिएल एस क्यापिटल लिमिटेडको मुख्य कार्यालय लाजिम्पाट तथा शाखा कार्यालयहरु बिराटनगर, बिरगञ्ज, लगनखेल, बुटवल, पोखरा तथा लालदरवारबाट र नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडका शाखा कार्यालयहरु बिर्तामोड, लालवन्दी, बीरगञ्ज, सिपाडोल, नारायणगढ, हेटौंडा, नेपालगंज, तुलसिपुर, सुर्खेत तथा धनगढी बाट समेत खरिद बिक्री गर्न सकिने छ ।

कारोबारको पहिलो दिन लगानीकर्ताहरुबाट विभिन्न किसिमका जिज्ञासाहरु राख्नुका सथै व्यवस्थित लगानी योजनाको बारेमा उत्साहपूर्वक जानकारी लिईएको र उक्त दिन दुुई हजार आठ सय इकाई बिक्री तथा एक हजार पाँच सय इकाई पुर्नखरीद भएको जानकारी समेत योजना व्यवस्थापकले दिएको छ ।