• गृहपृष्ठ
  • एनआरएनए जनसम्पर्क समितिका सभापतिमाथि हातपात

एनआरएनए जनसम्पर्क समितिका सभापतिमाथि हातपात

Oct 15th, 2019

काठमाडौं, २८ असोज 
गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनका अध्यक्ष पदका उम्मेदवार कुमार पन्त र उनका सहयोगी भनिने राम जीबी पन्तले जनसम्पर्क समितिका सभापति शिखर खड्कालाई हातपात गरेका छन्, चुनाबी माहोल नजिकै गर्दा नामावली दर्ता गर्ने काम भई रहदा कुमार पन्तले, त यहाँ बढी हुन्छस्, तलाई ठिक परदिउँ,भनि हात छोडेका छन् । सम्पर्कमा आएका शिखर खड्कासँग कारण बुज्दा मैले आफ्नो काम गरिरहेको थिए उहाँले एक्कासी आएर  त जर्मन बस्ने र मेरो सपोर्ट नगर्ने भनि हातपात गर्नुभयो ,म आफ्नो ज्यान जोगौना भाग्दै साथीहरुसँग पुगे । कुमार पन्तले, त अहिले नेपालमा छस म जे पनि गर्न सक्छु भन्दै आफूलाई धम्कि दिएर बाहिर निस्किएको खड्काले बताए ।

गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात १५-१७ अक्टोवर २०१९ मा हुने छ। यस पटकको चुनाबमा अध्यक्ष पदकोलागि दुई उम्मेदवार कुल आचार्य र कुमार पन्तले उम्मेदवारी घोषणा गरिसकेका छन् ।