• गृहपृष्ठ
  • बुटिक एयरपोर्ट नामको मात्रै, यात्रुलाई सास्ती नै सास्ती

बुटिक एयरपोर्ट नामको मात्रै, यात्रुलाई सास्ती नै सास्ती

Oct 14th, 2019

काठमाडौं, १७ असोज
२ वर्ष पछि विदेशबाट दशैं मनाउन नेपाल आएका झापाका दिवस दहाल एयरपोर्टमा झर्ने बितिक्कै खिन्न भए । विमानस्थलको भद्रगोल देखेर उनले सुनेको बुटिक एयरपोर्टको कुरा झुटो भएको सुनाए । उनले भने, “यहाँ सबै कुरा भद्रगोल रहेछ । केही कुरा पनि ब्यवस्थित छैन । यात्रुलाई बाहिर जान ट्याक्सीको ब्यवस्था पनि छैन । आफैँले ठुला ठुला झोला र लगेज डोर्याएर बाहिर जानु पर्ने बाध्यता छ ।”

त्यस्तै ३ वर्षको दुबई बसाईपछि नेपाल फर्किएकी चितवकी रिना सापकोटा ठुलो लगेज ब्याग डोर्याउँदै बाहिर निस्किरहेकी थिइन् । उनले बुटिक एयरपोर्ट सुनेको भन्दा ठिक उल्टो भएको पाइन् । उनले भनिन्, “यस्तो सास्ती त कसैले पनि भोग्नु नपरोस् ।” 

यी त केवल प्रतिनिधी पात्र मात्र हुन् । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल नामको मात्रै बुटिक एयरपोर्ट भएको छ । एयरपोर्टमा नेपाली मात्र होइन विदेशी पर्यटकले पनि सास्ती भाेग्नु परेको छ । ठुला ठुला सामान डोर्याउनु पर्ने सामस्या, ट्याक्सी नपाउने समस्या, हिडेर बाहिर गेटसम्म पुग्नुपर्ने समस्याले गर्दा यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ ।