• गृहपृष्ठ
  • माईतिघर मण्डलाको पूर्ण संरक्षण तथा मुहार फेर्दै कृषि विकास बैंक

माईतिघर मण्डलाको पूर्ण संरक्षण तथा मुहार फेर्दै कृषि विकास बैंक

Oct 14th, 2019

काठमाडौं, २७ असोज 
छिमेकी राष्ट्र चिनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणले मध्यनजर राखेर कृषि विकास बैंकले आफनो लगानीमा माईतिघर मण्डलामा नेपाली संस्कृति झलकिने गरी रङगोली सहितका चित्र आकर्षण ढंगले कोरेको छ । मण्डलामा आकर्षण फूलका विरुवाहरुका साथै फलफुलको विरुवा समेत लगाईएको र यसले मण्डलालाई हरावरा बनाएको जानकारी बैंकले बिज्ञप्ती मार्फत दिएको छ ।  

यसैगरी रातको समयमा ईलेक्ट्रीक वोर्डमो डिसपेले  भएको वृतचित्रले नेपालको संस्कृतीलाई समेटेको देख्दा छुट्टै आनन्दको महसुस गरीएको थियो ।  चिनका महामहिम राष्ट्रपति लगायत सम्पूर्ण पाहुनाहरुको मुख्य आकर्षणको केन्द्र विन्दु नै माईतिघरमण्डला भएको भान सवैले महसुस गरेको देखिन्छ । साथै आज भोली माईतिघर मण्डला आम मानिसको सेल्फी खिच्ने केन्द्र विन्दु भएको जानकारी पनि बैंकल दिएको छ ।