सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

Oct 14th, 2019

काठमाडौं, २७ असोज 

कपिलवस्तु, डडेल्धुरा, धनुषा र बर्दियाका बिभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका २ स्थित सडकमा युपि ५५ ए ५३८६ नम्बर र युपि ५५ एए ११९३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका युपि ५५ ए ५३८६ नम्बरको मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका-५ बस्ने ५५ वर्षीय नरदाई चौधरी (कुर्मी) को जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

डडेल्धुरा, आलिताल गाउँपालिका-४ जालटुडास्थित सडकमा बा.२ क ५४६४ नम्बरको स्काईभेटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीय मान बहादुर बोहराको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । फरार स्काईभेटर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

धनुषा, जनकपुर उपमहानगरपालिका-२३ स्थित सडकमा ना.४ ख ६४०० नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका  पैदलयात्री सोही ठाउँ बस्ने लालबाबु साहको छोरा ५ वर्षीय बिकि साहको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

 बर्दिया, बाँसगढी नगरपालिका-७ स्थित सडकमा अनटेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार २२ वर्षीय दिपेन्द्र थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।