• गृहपृष्ठ
  • अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु

अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु

Oct 14th, 2019

रौतहट, २७ असोज 
ईशनाथ नगरपालिका ६ स्थित ठुलो घिउराको पुल नजिकै अज्ञात व्यक्तिले गोली प्रहार गर्दा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २१ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ । 

हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित समूहले ती पुरुषलाई गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।