• गृहपृष्ठ
  • कहिले बन्ला टोखा रसुवागढी सुरुङमार्ग र चिनियाँ रेल ?

कहिले बन्ला टोखा रसुवागढी सुरुङमार्ग र चिनियाँ रेल ?

Oct 14th, 2019

काठमाडौं, २७ असोज
आइतबार नेपाल सरकार र चीनबिच रसुवागढी नाकाबाट हुने आवतजावत सहज तुल्याउन सुरुङ मार्ग निर्माणको समझदारी भएको छ । जसअनुसार काठमाडौंको टोखादेखि नुवाकोटको छहरे र रसुवाको बेत्रावतीदेखि स्याफ्रुवेशीसम्म सुरूङ मार्ग निर्माण गरिनेछ ।

अहिले काठमाडौंदेखि रसुवागढीसम्म सडकको दूरी १ सय २० किलोमिटर छ । सुरुङमार्ग निर्माणपछि सडकको दूरी ८० किलोमिटरमा छोटिनेछ । यसले वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध भइ सामान ढुवानीमा हुने समस्या अन्त्य मात्र हुँदैन ढुवानी भाडा पनि सस्तिन्छ ।

सडक विभागको पूर्वसम्भाव्यता अध्ययन अनुसार टोखा–छहरे सुरुङ मार्ग ३ देखि ५ किलोमिटर लामो हुने । सुरुङमार्ग निर्माणपछि सवारी आवागमन सहज हुने र ब्यापारका लागि भारतीय भूमिमा मात्रै भरपर्नुपर्ने स्थितीको कम हुनेछ  । स्याफ्रुबेसी क्षेत्रमा चीनले नै अहिले पनि सडक निर्माण गरिरहेको हुनाले सुरुङमार्ग रेल भन्दा पहिले नै बन्छ कि भनेर पनि आश गर्न सकिन्छ । चीनियाँ राष्ट्रपति सि चिनफिङले नेपाललाई भुजडित बनाउने भनेसँगै ठूलाखालका सडक र सुरुङमार्ग बन्ने संभावना बढेको हो ।

त्यसै गरि काठमाडौं केरुङ रेलमार्गको संभाव्यता अध्ययन गर्नेपनि सम्झौता भएको छ । यसमा चिनिया पक्षबाट एक वर्षअघि पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । जसमा नेपालमा रेल ल्याउन प्राविधिक रुपमा संभव भएको देखिइसकेको छ । रेलमार्ग बनाउन २ खर्ब ८० अर्ब रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ । केरुङदेखि काठमाडौसम्म रेलमार्ग बनाउन सम्भव छ छैन भन्नेबारे अब  प्राविधिक जाच गर्नुपर्ने छैन । अब बाकि वातावरणइय मूल्ःयांकन देखि त्यसको आर्थिक पाटो केलाइनेछ । 

पूर्वाधारबिद सुर्यराज आचार्यका अनुसार चिनको संभाव्यता अध्ययन भनेको बिस्तृत परियोजना प्रतिबेदन अर्थात डिपिआर जस्तै हो । उनले भने ‘ नेपालमा रेल ल्याउन संभव छ वा छैन भनेर यसअघि नै अध्ययन सम्पन्न भइसकेको छ, अब यसको आर्थिक पाटो मात्रै खोतल्ने हो , डिपिआर भारतीय टर्म हो चीनको सम्भाव्यता अध्ययन भनेको डिपिआर जस्तै हो ।’ आइतबार सम्भाव्यता अध्ययन गर्न चीन तयार भएको छ । सम्भाव्यता अध्ययन गर्न मात्र  १ अर्ब ७० करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

चीनले अहिले सिगात्सेबाट मानसरोवर  जाने रेलमार्ग निर्माणको काम अघि बढाएको छ । यहि बिचमा पर्ने ताइकु तालबाट नेपाल आउने रेल ल्याउनुपर्छ । ताइकुतालबाट रसुवागढीसम्म एक सय किलोमिटर तथा रसुवागढीबाट काठमाडौंसम्म ७२ किलोमिटर रेलमार्ग बनाउनु पर्छ ।