शोकमा राजविराज नगरपालिका बन्द

Oct 14th, 2019

राजविराज, २७ असोज (रासस)

राजविराज नगरपालिका–१२ का वडासदस्य शिवनारायण यादव (शिवु)को निधनप्रति शोक व्यक्त गर्दै आज राजविराज नगरपालिकाद्वारा कामकाज बन्द गरी शोक मनाउने निर्णय गरिएको छ ।

राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै वडासदस्य यादवको असमायिक निधनले नगरपालिकालाई पुगेको क्षतिप्रति सम्पूर्ण नगरकार्यपालिका स्तब्ध भएको जनाइएको छ ।

वडासदस्य यादवको निधनप्रति शोक जनाउन आज राजविराज नगरपालिका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय एक दिनका लागि बिदा दिने निर्णय गरिएको नगरपालिका प्रमुख यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । राजविराज नगरपालिका–१२ का वडासदस्य ६५ वर्षीय  यादव ९शिवु० को शुक्रबार निधन भएको थियो ।

यादव लामो समयदेखि बिरामी थिए । स्थानीय निकायको निर्वाचनमा राजपा नेपालबाट उहाँ वडासदस्य पदमा निर्वाचित हुनुभएको थियो  ।