• गृहपृष्ठ
  • चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

चीनको रेष्टुरेन्टमा ६ को मृत्यु, ९ घाइते

Oct 14th, 2019

नान्जीङ, २७ असोज (रासस/सिन्ह्वा)

चीनको पूर्वी क्षेत्रमा पर्ने जिङ्सु प्रान्तमा आइतबार कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ९ जना घाइते भएका छन् । 

स्थानीय एक रेष्टुरेन्टमा ग्यास विस्फोटन हुँदा दुर्घटना भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

सिहान जिल्लाको वाछी सहरको सडक छेउमा रहेको रेष्टुरेन्टमा स्थानीय समय अनुसार बिहान ११ बजे विष्फोटन भएको थियो ।  

घटनापछि घाइते भएका मध्ये १५ जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा छ । 

घाइते नौ जनाको अवस्था स्थिर रहेको जनाइएको छ ।