• गृहपृष्ठ
  • प्रधानमन्त्री ओलीले ट्विट गर्दै भन्नुभयो चीनसँगको सम्बन्ध नयाँ उचाइमा (ट्विट सहित)

प्रधानमन्त्री ओलीले ट्विट गर्दै भन्नुभयो चीनसँगको सम्बन्ध नयाँ उचाइमा (ट्विट सहित)

Oct 13th, 2019

काठमाडौँ, २६ असोज (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्यरुपमा सम्पन्न भएकाले दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

राष्ट्रपति चिनफिङलाई बिदाइ गरेपछि प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै भन्नुभएको छ,  “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रुपमा सम्पन्न भएको छ ।” प्रधानमन्त्री ओलीले टुइटरमा लेख्नुभएको छ, “उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ ।” राष्ट्रपति विद्यादेवी भण्डारीले मैत्रीपूर्ण निमन्त्रणामा नेपालको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सी आज स्वदेश फर्कनुभएको छ ।