• गृहपृष्ठ
  • महिला टि–ट्वान्टी बरियतामा दुई खेलाडि समावेश, एक स्थान सुधार

महिला टि–ट्वान्टी बरियतामा दुई खेलाडि समावेश, एक स्थान सुधार

Oct 13th, 2019

काठमाडौँ, २६ असोज (रासस) 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स्थानमा उक्लिएको हो ।

यसअघि आइसिसी बरियतामा नेपाल १५औँ स्थानमा थियो । नयाँ बरियताअनुसार नेपालले १७ खेलबाट १२८ रेटिङ पाएको छ । नयाँ बरियतामा अष्ट्रेलिया पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड, वेष्ट इण्डिज र भारत क्रमशः तेस्रो, चौथो र पाँचाँै स्थानमा छन् ।

आइसिसीको टि–ट्वान्टी महिला खेलाडीको बरियतामा नेपालकी सीता राना मगर र नेरी थापा समावेश भएका छन् । नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ ५८औँ स्थानमा अटाएकी छन् भने ब्याटिङतर्फ उनी ८३औँ स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान थापा ९२औँ स्थानमा रहेकी छन् ।