• गृहपृष्ठ
  • कुटपिट गरी घाइते बनाएको अभियोगमा पाँच जना पक्राउ

कुटपिट गरी घाइते बनाएको अभियोगमा पाँच जना पक्राउ

Oct 13th, 2019

धनुषा, असोज २५
विदेह नगरपालिका ५ मुडिवा बस्ने ४० वर्षीय दिनेश कुमार ठाकुरलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय प्रदिप मण्डल समेत ५ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ

। दिनेश कुमार ठाकुरलाई मण्डल समेतका ५ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गिद्धबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । कुटपिटबाट घाइते भएका ठाकुरको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।