• गृहपृष्ठ
  • टर्कीद्वारा गरेको गोलावारीमा १० सर्वसाधारणको मृत्यु : अनुगमन

टर्कीद्वारा गरेको गोलावारीमा १० सर्वसाधारणको मृत्यु : अनुगमन

Oct 13th, 2019

बेरूत, २६ असोज (रासस/एएफपी)
अङ्कराको सैनिक बलद्वारा उत्तरी सिरियामा भएको गोलाबारीमा शनिबार कम्तीमा १० जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ । 

यससँगै विगत चार दिनमा टर्कीले सिरियाली सिमानामा गरेको हवाई आक्रमणमा परी मृत्यु हुने सर्वसाधारणको सङ्ख्या २८ पुगेको छ ।

सिरियाली अब्जरर्भेटरी फर ह्युमन राइट्सका अनुसार टर्कीको हवाई आक्रमण तथा सीमा क्षेत्रमा भएका स्थल आक्रमणहरूमा परी रस–अलऐन र ताल अब्यादमा सात जना सर्वसाधारणको मृत्यु भएको छ ।
 त्यस्तै अन्य तीन जना टर्कीको पूर्वी कूर्दिस शहर कमिश्लीमा मारिएका पनि बेलायतस्थित सिरियाली मानव अधिकार अनुगमन संस्थाले बताएको छ ।

सीमानाबाट टर्कीपट्टीको क्षेत्रमा पनि कम्तीमा १७ सर्वसाधारण मारिएका टर्कीले दावी गरेको छ ।