• गृहपृष्ठ
  • पर्यटकलाई भगवान मानेर सत्कार गर्न आग्रह

पर्यटकलाई भगवान मानेर सत्कार गर्न आग्रह

Oct 12th, 2019

भद्रपुर, १० असोज (रासस)

प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले झापाको काँकडभिट्टामा प्रदेश नं १ को पर्यटन कार्यालयले ४०औँ अन्तरराष्ट्रिय पर्यटन दिवसमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटकलाई भगवान्को रुप सम्झेर न्यानो स्वागत र सत्कार गर्नुपर्ने बताउनुभएको छ ।
 
पर्यटन वर्ष २०२० लाई सफल बनाउन र देशको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटकीय विकास प्रति जागरण आउनुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रममा आज पूर्वी नाका काँकडभिट्टाबाट प्रवेश गर्ने पहिलो पर्यटक ब्राजिलका गिल्हेम टग्नोजलाई नेपाली ढाकाटोपी पहि¥याएर सम्मान गरिएको थियो । उहाँलाई काँकडभिट्टाको पूर्वी ढोकाबाट पर्यटन कार्यालयसम्म नौमतीबाजा बजाएर स्वागत गर्दै ल्याइएको थियो ।