• गृहपृष्ठ
  • गुल्मीको पर्यटकिय क्षेत्रको फोटो प्रदर्शनी गोरखपुर सम्म

गुल्मीको पर्यटकिय क्षेत्रको फोटो प्रदर्शनी गोरखपुर सम्म

Oct 12th, 2019

गुल्मी, १० असोज 
गुल्मी उद्योग वाणिज्य संघले लुम्विनी भ्रमण वर्षको अवसरमा रुपन्देहीको  सिद्धार्थनगर नगरपालिकासँग सहकार्य गरेर गुल्मी जिल्लाको धार्मिक र पर्यटकिय क्षेत्रका फोटो प्रदर्शनी गोरखपुर सम्म गर्ने भएको छ ।  वाणिज्य संघले पत्रकार सम्मेलन गरि संघका अध्यक्ष श्रीप्रसाद भलामीले यस्तो जानकारी गराएका हुन् । उनले भने, “लुम्बिनी भ्रमण वर्षको अवसरमा  गुल्मीका  धार्मिक र पर्यटकिय क्षेत्र विश्वभर चिनाउने उद्देश्यका साथ  कार्तिक १६  गते देखि २२ गते सम्म गुल्मी उद्योग वाणिज्य संघको सभाहलमा फोटो प्रर्दशनी गर्ने छौँं र  त्यस  प्रदर्शनीमा उत्कृष्ट प्रथम , द्धृतिय  तृतिय र सन्तवान पुरस्कार प्राप्त फोटाहरु  खोरखपुर सम्म प्रदर्शनीका लागि राखिने छ ।

उनले उद्योग वाणिज्य संघले फागुन १६ गते देखि २५ गते सम्म  चौथो गुल्मी महोत्सव गर्ने प्रस्ताव अगाडी सारेको पनि जानकारी गराए । त्यस महोत्सवमा उत्कृष्ट फोटो प्रदर्शनी र लुम्विनी आएका पर्यटकहरुलाई पनि भित्राउने  प्रयास  गरिने जानकारी दिए ।  

संघका महासचिव  ताराप्रसाद भुसालले ओझेलमा परेका  गुल्मीका धार्मिक र पर्यटकिय क्षेत्रको तस्वीर  पत्रकार वा अन्य ब्यक्तिले खिचेर संघको कार्यालयमा उपलब्ध गराउँदै प्रतिस्पर्धामा सहभागी हुन अपिल गरे । उत्कृष्ट तीन वटा नगद पुरस्कार  मात्र होईन  ती फोटाहरु बिक्रि गरेर आउने रकम समेत सम्बन्धीतलाई दिईने महासंघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।