• गृहपृष्ठ
  • झापामा जङ्गली च्याउ खाँदा परिवारै अस्पताल भर्ना

झापामा जङ्गली च्याउ खाँदा परिवारै अस्पताल भर्ना

Oct 12th, 2019

भद्रपुर, २ असोज (रासस)

झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उहाँका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त बिरामी हुनुभएको थियो ।
 
सोही च्याउको तरकारी खाएका छिमेकीहरु ७१ वर्षीय दुर्गा जिमी राई र निजकी श्रीमती ५८ वर्षीया मनकुमारी राईसमेत सिकिस्त बिरामी भएपछि पाँचै जनालाई शुरुमा दमकको आम्दा अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर, अवस्था गम्भीर भएको जनाउँदै थप उपचारका लागि उहाँहरुलाई बुुधबार राति नै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याइएको छ ।