• गृहपृष्ठ
  • प्रगतीशिल चेतनाको बिकासका लागि प्रदेश १ सरकारले एकेडेमी बनाउने

प्रगतीशिल चेतनाको बिकासका लागि प्रदेश १ सरकारले एकेडेमी बनाउने

Oct 12th, 2019

बिराटनगर, असोज १३
प्रदेश १ का मुख्य मन्त्री शरेधन राईले प्रगतीशिल समाज निर्माणकालागि सरकारले एकेडेमी बनाउन लागेको बताएका छन । सोमवार बौद्धिक सरोकार केन्द्रले  बिराटनगरमा आयोजना गरको प्राध्यापक डाक्टर गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु पुस्तकको बिमोचन गर्दै मुख्य मन्त्री शेरधन राईले सचेतनामुलक समाज निर्माणकालागि प्रदेश सरकारले प्रगतिशिल एकेडेमी बनाउन लागेको बताएका हुन । 

प्रदेश स्तरिय उक्त्त एकेडेमीमा प्रतिष्ठित बिद्धानहरुलाई सहभागी गराएर समाजमा प्रगतिशिल साँस्कृतिक चेतनाको बिकास  गराउने मुख्य मन्त्री राईले बताए । 

उनले हजारौ बर्षदेखी जकडिएर बसेको अन्धबिश्वासी चेतलाई हटाएर प्रगतिशिल चेत निर्माण गर्न प्रदेशका सबै बिद्धान लेखहरुलाई कलम चलाउन आग्रह पनि गरे ।  संघिय गणतन्त्र स्थापना भएर देशमा नयाँ यूग सूरु भैसकेपनि अझै समाजको चेत पुरातन नै रहेकोले नयाँ बनाउनकालागि बिद्धान बर्गहरुलाई आग्रह गर्दै मुख्य मन्त्री राईले भने , – ‘सचेत लेखकहरु सबैले प्रगतिशिल पनबारे कलम चलाउन आवश्यक छ अनिमात्र परिवर्तन सँस्थागत हुनसक्नेछ ।,  

उनले इमान र सकारात्मक सोचको बिकास हुनसकेमात्र नयाँ यूग सँस्थागत हुनसक्ने  बताउदै मुख्य मन्त्री शेरधनले आडम्बरी चेतले देशको बिकास हुनसक्दैन भने । भने , –‘कुहिएका , गलेका , सडेका,चिजहरुको भारी बोकेर नयाँ चीज प्राप्त हुनसक्दैन त्यसलाई जरैदेखी उखेलेर फयाँक्नुपर्छ ।,  

उनले प्राडा गणेश क्षेत्रीले लेखेको ओझेलका यथार्थहरु प्रगतीशिल साँस्कृतिक चेतको बिकास गराउनकालागि फरक दृश्टिकोणबाट लेखिएको पुस्तक  अति नै महत्वपुर्ण र सान्र्दभिक छ भने । पुस्तकको प्रंशंसा गर्दै उनले भने ,– ‘यो पुस्तक ख खराव व्यवहारसँग पौठेजोरी खेल्दै नयाँ मान्यता स्थापित गराउन सफल हुनेछ ।, 

आश , त्रास , वतासको प्रभावबाट मुक्त्त पुस्तक 

बिमोचन कार्यक्रमा प्राडा बद्री विशाल पोखरेललले हिन्दु धर्म र सँस्कृतिको बिकृतीबारे लेखिएको पुस्तक ओझलका यथार्थ आश , त्रास र वतासबाट मुक्त्त रहेको वताए । प्राडा पोखरेलले अन्ध बिश्वासको भासामा फसेर समाजबाद आउदैन भन्दै प्रगतिशिल चेतको बिकासकालागि सरकार र राजनैतिनक पाटीहरु लाग्नुपर्नेमा जोड दिए ।प्रोफेसर कृष्ण पोखरेलले ओझेलका यथार्थ हिन्दु धर्म सँस्कृति , बेद , पुराण , रामायण , महाभारत आदि ग्रन्थहरुको सत्यता बुझाउन लेखिएको बताए । उनले धर्म र सँस्कृतिमा रहेका भय पुराण नहटेसम्म समाजप्रगतिशिल हुनसक्दैन भने । लेखक प्राडा गणेश क्षेत्रीले धर्म सँस्कृतिमा मौलाएको अन्ध बिश्वास र हैकमबादलेगर्दा २६ सय बर्ष अगाडीदेखी नै बिभाजन आउन थालेको बताउदै वेद शास्त्र जाती व्यवस्थाको म्गानाकार्टा हो भने । उनले सत्ता र देउताका बिचौलियाहरुले धर्म सस्कृतिमा अन्ध बिश्वास र आडम्वर भरेकोले त्यसलाई हटाउन समाजका सबै क्षेत्र , बर्गहरु लाग्नुपर्छ भने । 

नेकपाका केन्द्रिय सदस्य बिनोद ढकालले ओझेलका यथार्थ पुस्तक लेख्ने लेखक प्राडा गणेश क्षेत्री सास्कृतिक क्षेत्रका शिखर बौद्धिक व्यक्वि हुन भने । अर्को केन्द्रिय सदस्य गोपी अछामीले प्रगतीशिल चेतको बिकासकालागि पुस्तकको भूमिका कालजयी हुने दाबी गरे । 

प्राडा क्षेत्रीले लेखेको ओझेलका यर्थाथ पुस्तक हिन्दु धर्म सँस्कृतिका तत्व र आयामहरुबारे बैज्ञानिक बिश्लेषण गर्दै सुधारर्नुपर्ने सुझाव दिइएको छ ।