पिन्चेस् आर्टकोर अब दरवरमार्गमा

Oct 12th, 2019

काठमाडौँ, १८ असार
उपत्यकाकै प्रसिद्ध विभिन्न कस्टुमाइज्ड उत्पादनहरु बनाउने पिन्चेस् आर्टकोरले दरवारमार्गको टाइमस् स्क्वायर मलमा आफ्नो दोस्रो आउटलेट संचालनमा ल्याएको छ । एक वर्षको सफलतापूर्वक व्यापार तथा ग्राहकहरुको बढ्दो मागले गर्दा पिन्चेस् आर्टकोरलाई दरवारमार्गमा सेवा विस्तार गर्न उत्प्रेरित गरेको पिन्चेस् आर्टकोर प्रा.लि.ले जनाएकाे छ ।

पिन्चेस् आर्टकोरले ग्राहकहरुलाई विभिन्न कस्टुमाइज्ड उत्पादनहरु जस्तै कुसन, किरिङ ,कोस्टर, ब्राइड रोब, मग, टम्बलर, मोबाइल कभर, मोबाइल ग्रीप, नोटबुक, स्यास्, क्याउन नेम स्ट्यान्ड, बक्स लकेट, माउस प्याड, फोटो फ्रेम, बुकमार्क लगायतका इच्छा अनुसारको आर्ट गरेर कस्टुमाइज्ड उत्पादनहरु विक्री वितरण गर्दै आइरहेको छ । पिन्चेस् आर्टकोर प्रा.लि.को फाउण्डर तथा सीईओ श्रेय जोशीले भनिन्, “हामी दरवारमार्गमा नयाँ आउटलेट खोल्न पाउँदा अत्यन्तै खुसी छौं । छोटो समयमै हामीलाई सफलता हासिल गर्न सहयोग पु¥याउनु हुने सम्पूर्ण ग्राहकहरुमा म आभार प्रकट गर्न चाहान्छु । म विश्वस्त छु कि यो विस्तारसँगै ग्राहकहरुलाई हामीसम्म आईपुग्न कुनै कठिनाइको सामना गर्नुपर्ने छैन । हामी छिट्टै देशभरका मुख्य शहरहरुमाहाम्रो आउटलेटहरु विस्तार गर्ने योजनामा छौं ।

ग्राहकहरुको साथले गर्दा हामी देशभरका ग्राहकहरुलाई सेवा पु¥याउन पाउँदा हामी अत्यन्तै प्रसन्न छौं ।” पिन्चेस् आर्टकोरले सन् २०१८, फेब्रअरी १ तारिकबाट बत्तिसपुतलिमा आउटलेट खोलेर ग्राहकहरुलाई सेवा पु¥याउदै आइरहेको छ । त्यसभन्दा पहिला यस आर्टकोरको संचालक श्रेय जोशी फ्रिल्यान्स आर्टिस्ट थिइन् र अर्डर अनुसार वाल आर्ट र ह्यान्ड पेन्टेड टिसट बनाउन गरेकी थिइन् । पिन्चेस् आर्टकोर युवामाझ नवीनतम डिजाइन र पर्सनलाइज्ड टचका लागि प्रसिद्ध छ । ग्राहकहरुले आफ्नो प्रियजनको नाम लेखेर, फोटो राखेर वा अन्य कुनै तस्वीरहरु उच्च गुणस्तरीय कुसनको कभरमा भित्र आरामदायी सिरानी राखेर आफ्नै घरमा अर्डर गर्न सक्छन् ।