• गृहपृष्ठ
  • विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो

विश्वको सबैभन्दा महत्वपूर्ण ब्रान्डको सूचीको ब्रान्डजेड र्याङकिङमा ह्वावे माथि उक्लियो

Oct 12th, 2019

काठमाडौ असार ४ 
ह्वावले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डजेडको वार्षिक सबैभन्दा बढी महत्त्वपूर्ण ग्लोबर ब्रान्डस् स्टडीमा ह्वावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७ औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।
ह्वावे पी ३० स्मार्टफोनको अत्यधुनिक क्यामरा प्रणाली तथा फाइभ जी क्षमता र फोल्डेबल डिजाइन भएको अभूतपूर्व प्राविधिक नवीनता जडित ह्वावे मेट एक्स ह्यान्डसेट संचारक्षेत्र र ग्राहकहरूमाझ लोकप्रिय छ । साथै सबैभन्दा राम्रो प्रोडक्ट रिभ्युहरू, अनगिन्ती पुरस्कारहरू र सफलता पाएको कम्पनीले जनाएको छ । यो ह्वावेको बढ्दो बिक्रीबाट पनि झल्किन्छ । एउटा अग्रणी विश्लेषक कम्पनी आइडीसीले हालैको विश्वव्यापी मोबाइल डिभाइस ट्र्याकरमा ह्वावको आपूर्तिमा वर्षै्पिच्छे ५० प्रतिशतले भन्दा बढी वृद्धि भएको विषयलाई जोड दिएको छ । मोबाइल फोनहरूको दुनियाँमा ह्वावे कम्पनीले आफ्नो स्थानलाई बलियो बनाउँदै व्यापारिक कोणबाट सामसाङसँगको दूरी कम गर्दै विश्वव्यापी रूपमा सबैभन्दा दोस्रो धेरै बिक्री हुने मोबाइलका रूपमा स्थान सुदृढ बनाएको छ ।
आइडीसीका अनुसार ह्वावेले स्मार्टफोनको वर्गतर्फ विश्वव्यापी बजार सेयरको १९ प्रतिशत ओगट्दछ र सन् २०१९ को पहिलो तीन महिनाको अवधिमा आपूर्तिमा वृद्धि हुँदै ¥याङकिङको सबैभन्दा शीर्ष स्थानमा रहन सफल एकमात्र स्मार्टफोन भेन्डर बन्यो । ह्वावेको सफलताले विश्वव्यापी अर्थतन्त्रमा चिनियाँ ब्रान्डहरूको बढ्दो सफलतालाई उजागर गर्दछ । ब्रान्डजेडको प्रतिवेदन स्थान पाएका ९ वटा नव प्रवेसीहरू मध्ये चारवटा कम्पनीहरू चीनमा आधारित रहेका छन् भने उत्कृष्ट १०० भित्र परेका मध्ये १५ वटा चिनियाँ कम्पनीहरू रहेका छन् । समाज र ग्राहकहरूलाई फाइदा पु¥याउने प्रविधिहरूको विकास गर्ने ह्वावेको प्रतिबद्धताले ह्वावेको प्रतिष्ठा बढाउने र विश्वव्यापी ग्राहकहरु माझ सबैभन्दा अगाडि उभिने पक्का देखिएको छ । ह्वावेको एआई फर गुड अभियानले आर्टि्भिसल इन्टेलिजन्स कसरी परिवर्तनकारी प्रविधि बनी चुनौतीहरू चिर्न र जीवन बचाउने सम्भावनाहरू बढाउन मानव जगतलाई सघाउँछ भन्ने पुष्टि गर्छ । हालैका कार्यहरूमा श्रवण क्षमता नभएका बालबालिकाका लागि किताबहरू अनुवाद गर्ने, दृष्टिबिहीनका लागि अनुहारका भावहरू पढ्ने र पहिलो चरणमै रहेको र उपचार गरेर निको हुन सक्ने दृष्टिसम्बन्धी समस्याहरूको पनि पहिचान गर्दछ ।