• गृहपृष्ठ
  • बर्जर पेन्ट नेपालले ल्यायो सबैभन्दा नयाँ उत्पादन वेदरकोट लङ्गलाइफ

बर्जर पेन्ट नेपालले ल्यायो सबैभन्दा नयाँ उत्पादन वेदरकोट लङ्गलाइफ

Oct 12th, 2019

काठमाडौ असार ३ 
नेपालमा सन् २००० देखि सजावटी रङ्गहरुको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रा.लि.ले अहिलेसम्मकै सबैभन्दा नवीनतम प्रविधिमा आधारित उच्चकोटीको बर्जर वेदरकोट लङ्गलाइफ बजारमा उपलब्ध गराएको छ । पियु र सिलिकनप्रविधिको प्रयोग गरिएको यो पेन्टप्रिमियम एक्स्टेरियर पेन्ट हो । ‘घामपानी छेक्छ, १० वर्ष टिक्छ’ भन्ने नारा सहित सार्वजनिक गरिएको यस पेन्टमा १० वर्षको वारेन्टी पाउन सकिनेछ ।

बर्जर वेदरकोट लङ्गलाइफमा भएको पियु इमल्सनले घरको चमक वर्षौँ वर्षसम्म कायम राख्छ भनें चर्को घाम बाट र मुसलधारे वर्षाबाट समेत सुरक्षा प्रदान गर्दछ । त्यस्तै सिलिकन प्रविधिले घरको बाहिरी भित्ताहरुमा ढुसी, लेऊ जस्ता विकारहरुबाट बचाउँछ भनें रङ्गको आयु लम्बाउँछ, साथै रङ्गलाई सँधैं नयाँजस्तै बनाइराख्ने कम्पनीको दाबी छ । बर्जर पेन्ट्स नेपालमा सजावटी पेन्टहरु उत्पादन गर्ने अग्रणी कम्पनी हो । यसले सधैं नवीनतम खोजका विविध उत्पादनहरु बजारमा प्रस्तुत गर्ने गर्दछ,, यस्को पछिल्लो उदाहरण वेदरकोट लङ्गलाइफका साथै सिल्क ब्रेथ इजि, सिल्कग्ल्यामर, सिल्कइलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी शृँखलाका सम्पूर्ण उत्पादनहरुलाई लिन सकिन्छ ।